नवलपरासी,२४ कातिक
जिल्लाको सरावल गाउपालिका १ खोखरपुरामा मानसिक सन्तुलन गुमाएकी एक महिलाको गाउपालिकाले उद्धार गरि मानव सेवा आश्रमलाई हस्तानान्तरण गरेको छ । इस्लामपुरघर बताउदै आएकी उतm अन्दाजी ३५ बर्षिय महिलालाई सस्थासँग समन्वय गरेर गाउपालिकाले उद्धार गरेको हो ।

स्थानियबासीले अलपत्र अस्थामा रहेकी महिलाको अवस्थाबारे जानकारी गराए पछि गाउपालिकाको पहलमा मानव सेवा आश्रम बुटवलको जिम्मा लगाइएको गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले जानकारी गराए । उतm मानसिक संतुलन गुमाएकी महिलाको पहिलो स्वास्थ्य उपचार गर्ने आवश्यकता महशुस गरेर सो क्षेत्रमा काम गर्दै आएको सस्थासँग समन्वय गरिएको अध्यक्ष चौधरीले बताए । उपचार पछि आवश्यक थप सेवाका लागि गाउपालिकाले समेत पहल गर्ने उनको भनाई थियो । गाउपाािलकाले गाउपालिका भित्र सबै भन्दा पहिला मानविय सेवालाई नै प्राथमिकतामा राखेर काम गर्दै आएको जनाएको छ ।