
नवलपरासी,१८ साउन
जिल्लाको भैरहवा–भुमही बन्दरगाह मार्गको पुलको भत्किएको र्यालिगँ नबन्दा यात्रुहरुलाई जोखिम भएको छ । रामग्राम ३ स्थित रामखण्डा खोलाको र्यालिगँ भत्किएको बर्षाै भई सक्दा पनि सरोकारवालाले ध्यान नदिदा दुर्घटना हुने जोखिम बढेको हो ।
पुर्व पश्चिम राजमार्ग निर्माणको भईरहेको बेला अहिले बन्दरगाह मार्गमा सवारी साधनको चाप बढेको छ । तर यहीँ बेला र्यालिगँ भत्किएको छ । भत्किएको र्यालिगँ तत्कालै निर्माण गरिनु पथ्र्यो तर सडक डिभिजन कार्यालय र नगरपालिका समेत ध्यान दिएको छैन् । ध्यान नदिदा जुनसुकै बेला पुल सवारीसाधन खोलामा खस्ने अवस्था देखिएको स्थानियले बताएका छन् । ति र्यालिगँ पनि सवारीसाधन ठोकिदा भत्किएको थियो । चार दशक पुरानो पुल समेत जिर्ण छ । त्यसमा पनि पुलको र्यालिगँ छैन्, यस प्रति सरकारको ध्यान गएको छैन्,स्थानिय शिव चौधरीले भने,सडक डिभिजनले नबनाए पनि नगरपालिकाले र्यालिगँ बनाउनु पर्ने हो । तर नगरपालिकाले समेत वेवास्ता गरेको उनको भनाई थियो ।
यता रामग्राम नगरपालिकाका इन्जिनियर सतिस गुप्ताले सो पुल भत्काएर आर्को पुल बनाउने ठेक्का भई रहेको छ । त्यो भएर र्यालिगँ बनाउन आवश्यकता नभएको प्रतिकृया दिए । तर पुल निर्माण हुन अझै बर्षायाम कुर्नु पर्ने अवस्था छ । यस विच र्यालिगँ नभएकै कारण दुर्घटना भई कसैको ज्यान गयो भने त्यसको जवाफ देहिता कस्को हुने ? भन्दै चौधरीले बताएका थिए । प्राविधिकलाई मानविय संवेदन शिलता हुदैन कि क्या हो ? उनले प्रति प्रश्न गरे, काम हुन नसकेर नगरपालिकाको करोडौ रकम फ्रिज गराउने प्राविधिकहरु अहिले १०÷२० हजारको लगानी गरि र्यालिगँ किन बनाउन सक्दैनन ? यो नगरपालिका इन्जिनियरको गैरजिम्मेवारी भएको बताएका छन् । खोलाको जलकुम्भि सफाई भन्दै मेयर र प्रजिअ सहित शुरक्षाकर्मीको टोलीले तामझाम गर्ने तर भत्किएको र्यालिगँ नबनाइने गैरजिम्मेवारीपन भएको स्थानियले बताएका छन् ।
