
जिल्ला भित्र कबाडीको काम गर्ने ब्यसायिहरुबाट अपराधिक कृयाकलाप हुने गरेको पाइए पछि शुरक्षा निकाय र रामग्राम नगरपालिकाले पनि त्यसमा सुक्ष्म निगरानी बढाएको छ । केही पहिला कबाडीको स्टकबाट बिभिन्न मन्दिरका पुजा गर्ने ताँबाका भाडाकुडा,घण्टी समेत बरामद गरिएको र लागु औषधको कारोबार गर्ने गरेको पाइए पछि त्यस्तो निगरानी बढाइएको हो ।
केही दिन पहिला आफ्नो टेक्टरबाट फलाम हराएको र फेरी जडान गर्नका लागि कबाडीको पसलमा खरिद गर्न जादा आफ्नै टेक्टरको समाग्रि दिएको स्थानिय ब्यसायि राधेश्याम अग्रहरीले बताए । कबाडी ब्यवसायिले यदि उपयोगी मालबस्तु कसैले विक्रि गर्न ल्याएर कम्तीमा त्यसको विवरण राखिदिए पछि पक्राउन गर्न सकिन्थ्यो, उनले भने, तर जस्तो सुकै ब्यतिmको उपयोगी समाग्रि पनि कबाडी कहाँ लगेर बेच्ने र उनीहरुले खरिद गरिदिदा चोरी बढेको छ । कडाडकै कारोबार गर्ने दुई जना भारितय नागरिक माथि प्रहरीले लागु औषधमा अनुसंधान गरिरहेको छ । दुई जनालाई मन्दिरका पुजा समाग्रि र घण्टी बरामद भए पछि अनुसंधान गरिरहेको छ । कबाडीको नाँउमा विगत बर्षमा हात हतियारको समेत कारोबार भईरहेको हल्ला चलेको थियो ।
फलाम,मोटर जन्य समाग्रि ब्यतिmको मात्रै नभई सार्वजनिक स्थलको लगाइएका फलामेबारहरु समेत विक्रि गर्ने गरेका छन् । यस प्रति सुरक्षा निकाय र नगरपालिकाले चाँसो लिनु पर्ने उनको भनाई थियो । यता कबाडी भनेर नजरअन्दाज गर्ने तर त्यस भित्र गैरकानुनी कार्य भेटिन थाले पछि यसप्रति निगरानी बढाउनुका साथै त्यस्ता ब्यवसायिहरुले दैनिक आफ्नो कारोबारको लगत विवरण राख्नका लागि पत्राचार गरिने रामग्राम नगरपालिलकाकी उपमेयर सम्झना चौधरीले बताईन् ।
