सिद्धार्थ गौतमले सन्यास धारण र मुण्डन गरेको अनोमाघाटमा भिच्छुलाई भोजनदान

दर्शक: 53

नवलपरासी,१३ चैत्र
जिल्लाको सुस्ता गाउपालिकाले सिद्धार्थ गौतमले महाभिनिष्क्रम्ण लिएको अनोमाघाट(ठाढी घाट)मा भिच्छुहरुलाई भोजनदान गरेको छ । सम्भवतः पहिलो पटक गाउपालिकाले सो स्थानको प्रवद्र्धन तथा प्रचार प्रसार गर्ने उदेश्यले सो भोजनदानको आयोजना गरेको हो ।
दान मध्ये सर्वश्रेष्ठ दान भोजनदान हुनु र त्यमा पनि शिलमा रहेका भिच्छुलाई दान दिनु आफैमा उत्तम कार्य रहेकोले भोजनदानको आयोजना गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेलले बताए । उनका अनुसार जहाँबाट बोधिसत्व सिद्धार्थ गौतम सन्यास धारण गरे,कपाल मुण्डन गरे,त्यो स्थान बुद्धत्व प्राप्तीको प्रस्थान विन्दु पनि हो । बुद्धमार्गमा लाग्ने जो कोहीले एक पटक यो अनोमा घाटमा पुग्नु मंगल कार्य हुने छ । भिच्छुलाई भोजनदानको माध्यमले सो स्थानमा भिच्छुहरुको आगमन गराउन सकिएको बताउदै भने, भिच्छुहरु ति स्थानको बारेमा अध्ययन गर्ने गरे पनि स्थान त्यही हो भन्ने कुरा थाहा नहुन सक्छ,त्यो भएर सो स्थानमा भिच्छुहरुलाई भोजनदान मार्फत उपस्थित गराउने,अनोमाघाटको प्रचार प्रसार भिच्छुसघमा पुर्याउने माध्यम पनि बन्यो ।
उपस्थित भिच्छुहरुले पनि सो स्थानबारे पढेको सुनेको तर पहिचान नभएका कारण पुग्न नसकेको बताएका थिए । अहिले बोधिसत्व सिद्धार्थले आफ्नो कपाल मुण्डन गरि सन्यास धारण गरेको स्थानमा पुग्न पाइयो यो भाग्यको कुरा बताएका थिए । यस स्थानको प्रचार प्रसार विश्वब्यापी गराउनु पर्ने देखिएको बताएका थिए । भिच्छु संघ मार्फत विश्व भरी यस स्थानको प्रचार प्रसार बढाउन सकिएमा ठूलो तिर्थ स्थल बन्नेमा विश्वास ब्यतm गरेका थिए । बुटवल र लुम्बिनी गरि कुल १३ बर्गिय भिच्ुछको उपस्थितीको साथै दर्जन बढि उपासक उपासिकाको उपस्थिती रहेको थियो । भिच्छुलाई भोजनदान गराउन पाइएकोमा गाउपालिका नै गौरवान्वित भएको गाउपालिकाका अध्यक्ष रामप्रसार पाण्डेले बताए । धेरै बर्ष पहिलोको यो योजना अहिले पुरा गर्न सकेका छौ,उनले भने, अगामी दिनमा यस क्षेत्रमा अन्तराष्ट्रि«««र्«य बौद्ध सम्मेलन गर्ने योजना पनि सुनाए ।
कार्यक्रमको ब्यवस्थापनमा खटिएका जितराम पंजियारले भिच्छुहरुको उपस्थितीले यो स्थानलाई पवित्र बनाएको बताएका थिए । विपश्यना साधक समेत रहेका पंजियारले बौद्धमार्गमा आम समुदायलाई लैजानका लागि बुद्धसँग सम्बन्धित बुद्धस्थलको खोज र पहिचान गरि त्यसको प्रचार प्रसार प्रवद्र्धन उत्तिकै आवश्यक रहेको बताएका थिए । भिच्छुहरुलाई सो स्थानमा ल्याई पुर्याउनमा विपश्यनाका सहायक अचार्य रामप्रसार पाण्डेले आउने दिनमा यो स्थानलाई आम बौद्धमार्गमा लाग्ने सबैलाई मुण्डन गर्ने स्थानको रुपमा विकास गरिनु पर्ने बताएका थिए । यसले विश्वभरीबाट बौद्ध उपासक उपासिका आउन सक्नेमा विश्वास ब्यतm गरेका थिए । कोलिय मिडियाको समन्वयमा सम्पन्न भोजनदान कार्यक्रममा स्थानिय संघसंस्थाहरुको समेत सहभागिता रहेको थियो ।
के हो अनोमा घाटको पहिचान ?
पृष्टभुमि ः
प्राचिन कोलिय गणराज्यका राजाद्धारा बनाइएको स्तुप रामग्राम स्तुप संसार भरिका लागि महत्वपुर्ण रहेको र त्यसबारे देशी विदेशी निरन्तर अनुसन्धान गरिरहेकै सन्दर्भमा कोलिय गणराज्य भित्रको आर्को अनोमा घाट अर्थात सिद्धार्थ गौतमले महाभिनिष्क्रमण लिनु भएको स्थान नेपालको लुम्बिनी प्रदेशको पुर्वि सिमा नवलपरासीको सुस्ता गाउपालिकाको स्थानिय स्तरमा ठाढीघाट भनेर चिनिने अनोमा घाट हो । पुर्वमा नारायणी(अनोमा)नदी पारी भारतको विहार प्रदेश,दक्षिणमा उत्तर प्रदेश,पुर्वमा गण्डकी प्रदेशको संगम स्थल पनि हो । सिद्धार्थ गौतम बोधी प्राप्त गरि भगवानको रुपमा स्थापित बोधी प्राप्तीको प्रस्थानविन्दुको रुपमा पनि यो स्थानलाई लिन सकिन्छ । भारतको बोधगयामा सिद्धार्थ गौतमले बोधी अर्थात ज्ञान प्राप्त गरे पनि सो ज्ञान प्राप्तीको प्रस्थान विन्दु अर्थात राजा पद त्याग गरि सन्यास धारण गर्ने स्थान भएको हुदा बोधीको प्रस्थानविन्दु पनि हो । विश्व मानचित्रमा यो स्थान उत्तरमा अक्षाँश २७ डिग्रि २२ मिनेट १९ सेकेण्ड र देशान्तर ८३ डिग्रि ५१ मिनेट ९.३३ सेकेण्डमा अवस्थित रहेको छ ।
महाभिनिष्क्रमण स्थल प्राचिन कोलिय गणराज्यको अन्तिम पुर्वि सिमा अनोमा नदी((नारायणी ) को अनोमा घाट हो । जुन अहिले लुम्बिनी प्रदेश नवलपरासी जिल्लाको सुस्ता गाउपालिका ६ मा पर्ने परापुर्वकाल देखी ठाढी घाट भनेर चिन्ने गरिन्छ । ठाढी भन्ने कुरा ठढा शब्दबाट अपभ्रन्स हुदै ठाढी भएको हुनु पर्छ । जुन स्थानमा सिद्धार्थ राजदरबारबाट निस्के पछि बिचमा कहिँ पनि नरोकिन अनोमा नदी किनारमा नै पुगेर ठढा हुनु (अर्थात उभिनु )भयो । त्यही भएर सम्भवतः त्यही बेला देखी यो घाट ठाढी घाट भनेर चिनिदै आएको छ ।
यद्यपी यसको पुरातात्विक र ऐतिहासिक खोजको आवश्यकता छ । संसार भरिका बौद्धमार्गिका लागि पवित्र तिर्थ स्थल बन्न सक्ने प्रवल सम्भावना बोकेको यो अनोमा घाट नेपाल र नेपाली मात्रै नभई विश्वको ध्यान तान्न सक्ने स्थानको रुपमा विकास गर्नका लागि स्थानिय देखी राष्ट्रिय अन्तराष्ट्र्रिय रुपमा पहिचान गराउनु आवश्यकता रहेको छ ।
महाभिनिष्क्रमण स्थल ः
कोलिय गणराज्यको प्राचिन सिमा उत्तरमा चुरे पर्वत,दक्षिणमा पिपलीबनको सिमा,पश्चिममा रोहिणी नदी र पुर्वमा अनोमा नदी थियो । सिद्धार्थ आफ्नो शाक्य राज्यबाट निस्केर कोलिय गणराज्यको सिमाको अन्तिम भाग अनोमा घाटमा पुगेर आफ्नो प्रिय सारथी छन्नालाई आफ्नो युवराजको मुकुट,तरवार र राजषि पोशाक दिदै भन्नु भयो,छन्ना तिमि मेरो सारथी मात्रै नभई बाल्यकाल देखीको मित्र पनि हौ, यो सबै लिएर महाराज शुद्धोधनलाई दिने र भन्ने कि युवराज अब ज्ञानको खोजीमा जानु भयो,ज्ञानको प्राप्ती पछि उहाँ फर्कनु हुन्छ । अनि मनमा उब्जेको प्रश्नको उत्तर पाउने बित्तिकै फर्किहाल्छु । महाराजसँग भन्नु युद्ध कुनै प्रश्नको हल होईन ।
आमा प्रजासँग भन्नु कि जन्म दिने आमा मयालाई त देखिन,तर तपाई त्यो भन्दा ठूली हो । उहाँले दिएको माया प्रेमको जन्मो जन्म ऋणि रहन्छु । मंगला काकीसँग भन्नु कि राज्याभिषेख त अवश्य नै हुन्छ,तर सिद्धार्थको होईन,जेष्ठ देवदत्तको हुन्छ । जेष्ठ देवदत्तलाई भन्नु कि बाल्यकाल देखी नै उनीबाट पाएको हरेक द्धेषसँग संघर्ष गर्दै मेरो खुट्टा दह्रो(बलियो हुदै गएको छ । मलाई थाहा छ,कि उहाँले मलाई स्नेह गर्छन ।
गोपा अर्थात यशोधरासँग भन्नु कि मेरो ब्यथा उनले आफ्नो ब्यथा बनाएकी छिन यसले गर्दा उनको पनि सधै म ऋणि रहने छु । पतिको इच्छा र अनिच्छाको ध्यान त हरेक पत्निले राख्छिन् । तर पतिको ब्यथा अपनाउने कदाचित कुनै कुनै पत्नि मात्र हुन्छिन् । म गई हाल्छु भनेर कुरा थाहा हुदा हुदै पनि उनी मेरो विरोध गरिनन । यदी म आफ्नो संकल्पमा सफल हुन्छु भने त्यो समग्र मनुष्य जाती उनको त्यो त्यागको ऋणि रहन्छन् ।
महाभिनिष्क्रमण लिने प्रमुख कारणहरु ः
१.आन्तरिक कारण ः
युवराज सिद्धार्थको सानै देखीको कौशलता,बिचारले सफल हुदै गएको शाक्य गणराज्य र पुरै भारतबर्ष भरि सिद्धार्थ गौतमको फैलिदो यशका कारण उनका जेष्ठ देवदत्त भित्र सिद्धार्थ प्रति रहेको द्धेस,देवदत्तकी आमा मंगलाले आफ्नै छोरालाई राजा बनाउने चाहनाका कारण दरबार भित्रै भई रहेको षणयन्त्र पाईला पाईलमा थियो ।
रोहिणी नदीको पानीका कारण कोलिय गणराज्यका किसान र शाक्य गणराज्यका किसान विच बेला बेलामा हुने झगडाले आफ्नै ससुरा कोलिय राजा दण्डपानी पनि सुद्धोधनलाई कमजोर बनाउने कौशलका राजा प्रसेनजितसँग मिलेर युद्ध गराउने,अपमानित गराउने खेलमा लाग्ने गरेका थिए ।
२. बाह्रय कारण ः कौशल र कपिलबस्तु विच भएको युद्धमा कपिलबस्तुसँग पराजित भएका कौशल राजा प्रसेनजितले प्रतिसोध लिन चाहेका कारण युद्धको संकट जहिले पनि मडारिने जुन युद्ध सिद्धार्थलाई कहिलै मन परेको थिएन् । युद्धको समाधानका लागि सिद्धार्थ गौतम एक शाक्यसभामा नयाँ विकल्प निकाल्नु भयो कि मगधको पश्चिमी ब्यपारिक मार्ग कौशल राज्य भएर जान्छ, यदी मगध सम्राट बिम्बिसारसँग सम्झौता गरि त्यो ब्यपारिक मार्ग यदि कोलिय र शाक्य राज्य भएर बनाउन सकेमा सो मार्गमा ब्यपारिहरुको सुरक्षार्थ मगधका सेना सधै आउजाउ गर्ने छन् । जस्ले गर्दा कौशल सेनाले कपिलबस्तु माथि आक्रमण गर्न साहस गर्दैन ।
त्यो मार्ग पनि कौशलराज्यको मार्ग भन्दा छोटो हुने हुदा ढुवानी लागत पनि घट्न सक्ने छ । शाक्य र कोलिय मिलेर बरु बाटोमा पर्ने खोलानालामा पुलहरु बनाइ दिन पर्छ । यो कुरा शाक्य सभालाई ठिक लाग्यो र पारित पनि गर्यो । तर बिम्बिसारसँग कुरा कस्ले गर्न जाने प्रश्न उठेको थियो । त्यसमा पनि सिद्धार्थ आफैले अग्रसरता देखाउनु भयो । उहाँ मगध जानका लागि सेना लिएर नगई उत्तर पहाडी क्षेत्र भएर मगध पुग्नु भयो । उहाँले बिम्बिसार समक्ष सो प्रस्ताव राख्नु भयो । त्यो प्रस्ताव सुनेर बिम्बिसार असाधै खुशी हुनु भयो र उहाँले सिद्धार्थको शिर समेत चुम्नुभयो । यति सानै उमेरमा यस्तो शान्तिको प्रस्ताव कुनै राज्यले ल्याउन सकेन् जुन कुरा सिद्धार्थले बिम्बिसारसँग राख्नु भयो ।
सिद्धार्थले बिम्बिसारसँग सम्झौता गरेर फर्कन नपाउदै कपिलबस्तु माथि प्रसेनजितले आक्रमण गरिसकेका थिए । तर सम्झौता हुने वित्तिकै मगध सेना कपिलबस्तुमा सहायता दिन आई पुग्यो र कपिलबस्तुबाट प्रसेनजितको सेना पछाडी हट्न परेको थियो । सिद्धार्थ फर्कदा बाटोमा मानिसहरु छटपटाई रहेको घाइते तथा मृतकको लास देख्नु भयो ,रतmपात देखेर उहाँ अत्यन्त मर्माहित हुनु भयो । पछि कपिलबस्तु राज्य सभाको बैठक बस्यो,मगध सेनाले कपिलबस्तु सेनालाई सहयोग गर्ने भनेर थाहा

Ads

Leave a Reply

Your email address will not be published. Required fields are marked *