Month: २६ असार २०७८, शनिबार

सरावलको जनता मावि मनरीमा विद्यार्थीहरुकै सञ्चार समुह गठन
समाचार, सरावल गाउँपालिका

सरावलको जनता मावि मनरीमा विद्यार्थीहरुकै सञ्चार समुह गठन

जिल्लाको सरावल २ स्थित जनता नमुना माध्यमिक विद्यालयका बालबालिकाहरुले सञ्चार समुह गठन गरेका छन् । विद्यालयमा पठन पाठनसंगै विद्यालय तथा समुदायका गतिविधिलाई समाचार बनाई प्रकासन÷प्रशारण गर्ने उदेश्यले सो सञ्चार समुह गठन गरेका हुन् ।विद्यालयले नमुना कार्यक्रम अन्तरगत विद्यार्थीहरुलाई नै सञ्चार सिप तथा समाचार लेखन सम्बन्धि दुइ दिने तालिम गराएरको थियो । तालिम लिएका विद्यार्थीहरुले विद्यालयका विभिन्न गतिविधिलाई समेटेर समाचार बनाउने तथा विद्यालयको बेभसाईट मार्फत प्रकाशन÷प्रशारण गर्ने गर्नका लागि सञ्चार समुह गठन गरिएको विद्यालयका समाजिक शिक्षक श्रवण सहानीले जानकारी गराए । विद्यालयले आफ्नै वेभसाईट बनाई सकेको छ,उनले भने, त्यसमा समाचार अपलोड गर्न सक्छन् । विद्यालयको गतिविधि सार्वजनिक रुपमा जानकारी हुनुका साथै विद्यार्थीहरुले पढाईसंगै शिप पनि सिक्ने अवसर भएको उनको भनाई थियो । पहिला बालबालिकाहरुले भित्त...
रामग्राममा आधारभुत अन्तरविद्यालय खेलकुद प्रतियोगिता शुरु
रामग्राम नगरपालिका, समाचार

रामग्राममा आधारभुत अन्तरविद्यालय खेलकुद प्रतियोगिता शुरु

रामग्राम नगरस्तरिय पाँचौ आधारभुत तह अन्तरविद्यालय खेलकुद प्रतियोगिता शुरु भएको छ । सदरमुकाम परासी स्थित आदर्श माविमा चार दिन सम्म प्रतियोगिता चल्ने आयोजक सस्थाले जानएको हो ।प्रतियोगितामा नगरपालिका क्षेत्रका ३२ वटा सामुदायिक र ५ वटा संस्थागत विद्यालयका छात्रछात्राले भाग लिएको आदर्श माविका प्रधानाध्यापक अरबीन्द पाठकले जानकारी गराएका थिए । सो खेल प्रतियोगितामा १ सय,२ सय,४,८ सय सय मिटरको रिले दौड,लंग जम्प,जिलेबी दौड,चम्चा दौड,बोरा दौड,तीनखुट्टे दौड,हाइ जम्प लगायतको खेल हुने छ । खेलमा विजयी तथा सहभागि छात्र छात्रालाई फागुन ४ गते पुस्कारहरु वितरण गरि सम्पन्न गरिने छ । कार्यक्रमको उदघाटन विद्यालयका अध्यक्ष छोटेलाल अग्रहरीको अध्यक्षतामा भएको थियो ।  ...
सरावल गाउपालिकामा ‘पुत्रन्जिव’को बगैचा भएको जिवक बन फेला
समाचार, सरावल गाउँपालिका

सरावल गाउपालिकामा ‘पुत्रन्जिव’को बगैचा भएको जिवक बन फेला

नवलपरासी जिल्लाको सरावल गाउपालिका १ मा प्राचिन बौद्धकालिन जिवक बन फेला परेको छ । स्थानिय भाषामा पतजिव भन्ने गरिएको बनमा पुत्रन्जिव नामक रुखहरुको रहेको बगैचालाई प्राचिन जिवक बन भएको अनुमान गरिएको हो ।बौद्धकालिन इतिहास तथा पुरातत्वका अध्ययेता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले आयुर्वेदेकि महत्व रहेको पुत्रन्जिव रुख भएको र बौद्धकालिन बुद्ध संघमा जिवक नामक आर्युेवदाचार्य भिच्छु समेत यस क्षेत्रमा आएको हुदा सो बनलाई जिवक बन भनेर उल्लेख भएको बताए । प्राचिन कोलिय गणराज्य अन्तरगत सज्जनेल नगरमा भगवान बुद्ध कोलिय पुत्री सुप्पबासाको घरमा भोजन ग्रहण गर्न आएका थिए । सुप्पबासा कोलिय गणराज्यकी एक मात्र अग्रउपासिका रहेको बौद्ध ग्रन्थहरुमा उल्लेख भएको पाईन्छ । सज्जनेल नगर भित्रकै आर्को सालबास जंगलमा भगवान बुद्धका सबै भन्दा प्रिय भिच्छु आनन्द आफ्नो भिच्छु संघ सहित आएर कुण्डिय भन्ने स्थानमा बास बसेका थिए । भि...