
नवलपरासी,
जिल्लाको सुस्ता ५ स्थित अनोमा घाटमा असार पुर्णिमाको अवसर पारेर भगवान बुद्धको महाभिनिष्क्रमण दिवस मनाइएको छ । पिस क्लब इन्टरनेसनल नेपाल नवलपरासीको आयोजना र सुस्ता गाउपालिकाको सहयोगमा सो दिवस मनाइएको हो ।
सिद्धार्थ गौतम सत्य र शान्तिको खोजका लागि असार पुर्णिमाको राती कपिलबस्तु दरबारबाट पुर्व दिशा तर्फ निस्के र घोडामा सवार सिद्धार्थ सारथी छन्नासँगै हिड्दै जादा अनोमा नदी अर्थात गण्डकी नदीको किनारमा पुगे । अनोमा नदी कन्टक घोडा घाटमा पगेर उभियो,अर्थात भोजपुरी भाषामा (ठढा भयो) त्यही बेला देखी सो घाटलाई ठाढी घाट भनेर चिनिदै आएको छ । अहिले बुद्ध दर्शनको अध्ययन गर्दै जादा नारायणी नदी किनारमा रहेको ठाढी घाट नै अनोमा घाट भएको पत्ता लागे पछि सो स्थान बौद्ध तिर्थ स्थलको रुपमा विकास गर्नु पर्ने आवश्यकता औल्याउदै पिस क्लब इन्टरनेसनलका अध्यक्ष सम्भु उपाध्यायले असार पुर्णिमाको अवसर पारेर उतm कार्यक्रमको आयोजना गरिएको जानकारी गराए ।
ठाढी घाट सिद्धार्थ गौतमको बुद्धत्व प्राप्ती यात्राको अर्थात शान्तिको खोजको प्रास्थान विन्दु हो,उपाध्यायले भने, त्यो दिन भनेको असार पुर्णिमा हो । यो अवसरमा ठाढी घाटलाई भगवान बुद्धको महाभिनिष्क्रमण स्थल अनोमा घाटको रुपमा औपचारिक घोषणा समेत गरिएको थियो । क्लबका अध्यक्ष उपाध्याय र गाउपालिका अध्यक्ष रामप्रसाद पाण्डेले संयुतm रुपमा महाभिनिष्क्रमण स्थलको बोर्ड स्थापना गर्दै अब यस स्थानलाई बौद्ध तिर्थ स्थलको रुपमा विकास गर्नका लागि गुरुयोजना समेत बनाइ काम गर्ने प्रतिवद्धता जनाएका थिए ।
उतm स्थान अहिले भारतको उत्तर प्रदेश र विहार प्रदेश तथा नेपालको लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको संगम स्थलमा रहेको छ । चर्चित सुस्ताको अतिक्रमित भुमिमा पुग्नका लागि नेपालकै लामो डेढ किलोमिटर लम्बाईको झुलगेँ पुल निर्माण प्रकृयामा रहेको छ । लुम्बिनी प्रदेश सरकारकै सहयोगमा रंगशाला,विश्राम स्थल लगायतका पुर्वाधार बन्ने प्रकृयामा रहेको गाउपालिका अध्यक्ष पाण्डेले जानकारी गराएका थिए । यि पुर्वाधारको निर्माण पश्चात पर्यटकिय पुर्वाधारहरु निरन्तर थपिदै जाने छन्,अध्यक्ष पाण्डेले भने, तर अहिले भगवान गौतम बुद्धको महाभिनिष्क्रमण स्थल यहिँ भएको घोषणाले हामीलाई थप उत्साही बनाएको छ ।
सो कार्यक्रममा पिस क्लबका महासचिव तथा पत्रकार बेचु गौडले कार्यपत्र समेत प्रस्तुत गरेका थिए । कार्यपत्रमा नारायणी नदीको किनारमा रहेको यो अनोमा घाट एक रमणिय स्थल मात्रै नभई अब यसको ऐतिहासिक पहिचानले विश्वका बौद्धमार्गीका लागि ठूलो तिर्थ स्थल बन्ने उनले विश्वास ब्यतm गरे । सिद्धार्थ गौतम बुद्धत्व प्राप्ती बोधगयामा गरेका थिए । बोधगया भारतको विहारमा भएको तर बोधी प्राप्तीको पहिलो प्रस्थान विन्दु अनोमा घाट नै रहेको हुदा नेपालको बोधगयाकै रुपमा बिकास पिस क्लबका महासचिव गौडले माग गरेका थिए । सिद्धार्थ गौतम शाक्य राज्य कपिलबस्तुको दरबारबाट पुर्व दिशामा निकस्दा कोलिय गणराज्यको अन्तिम सिमा अनोमा नदीको अनोमा घाटमा पुगेर आफ्नो युवराजको मुकुट,कन्टक घोडा सहित आफ्नो राजषी पोशाक सारथी चन्नासँगै फर्काएर अनोमा नदी पार गरि सन्यासी भएर मगधको सिमामा प्रवेश गरेको कुरा कार्यपत्रमा उल्लेख छ ।
सात पृष्टको लामो कार्यपत्रमा सिद्धार्थको राजनीतिक,अध्यात्मिक कारणहरु,विभिन्न घटना परिघटनाका कुराहरु विस्तृत रुपमा उल्लेख रहेको छ । कार्यक्रमको विशिष्ठ अतिथि जिल्ला पृथ्वीचन्द अस्पतालका अध्यक्ष जगदिश चौधरीले नवलपरासी जिल्ला भित्र पर्ने प्राचिन कोलिय गणराज्यका अन्य बौद्ध स्थलको खोज गरिदै त्यसको विकासमा जोड दिएका थिए । परापुर्वकाल देखी स्थानिय तथा जिल्लाबासी यहिँ ठाढी घाट हो भनेर जाने पनि यो प्राचिन बौद्ध स्थल पनि हो भन्ने जानकारी अहिले मात्र थाहा भएको बताए । यो जिल्लाका लागि ठूलो सौभाग्य भएको र यस क्षेत्रको विकासका लागि पहिलो दायित्व गाउपालिका ततपश्चात प्रदेश सरकार र संघिय सरकारसँग पनि पहल गरिनु पर्ने उनको भनाई थियो । कार्यक्रममा पर्यटन पत्रकार संघका केन्द्रिय सदस्य मोहन पौडेलले बौद्ध इतिहासमा उल्लेखित बर्णनका आधारमा अब यो अनोमा घाटमा कन्टक घोडा,सारथी छन्ना,सिद्धार्थ गौतमका मुर्तिको निर्माण गरिनुका साथै ।
सिद्धार्थ गौतमले कपाल मुण्डन गरेको स्थान पहिचान गराउने ,बौद्ध विहार,गुम्बा निर्माण,पार्कहरुको निर्माण गरिनुका साथै बौद्धमार्गीहरुका लागि आवश्यक ध्यानकेन्द्र समेत निर्माण गर्नु पर्ने आवश्यकता औल्याएा थिए । बौद्ध तिर्थ स्थल हो,उनले भने , बाहिरबाट आउने तिर्थयात्री तथा पर्यटकलाई आकर्षित गर्ने पुर्वाधार बनाउनमा अब ध्यान दिनु पर्छ । यो स्थानको पुरातात्विक खोज गरि विश्व सम्पदामा सुचिकृत गराउनुका साथै विश्व बौद्ध समुदाय माझ यो शान्ति खोजको प्रस्थान विन्दु हो भनेर चिनाउनका लागि प्रचार प्रसारका अन्य कार्यक्रम निरन्तर गरिदै अगाडी बढनु पर्छ । कार्यक्रममा पिस क्लबका अध्यक्ष उपाध्यायले पिस क्लब पनि शान्तिका अग्रदुत गौतम बुद्धसँग सम्बन्धित स्थानको खोज गर्ने अभियान चलाउने भएको हुदा गौतम बुद्धले शान्तिको खोजको यो अनोमा घाटबाट प्रस्थान गरेको हुदा पिस क्लबले पनि अनोमा घाटबाटै आफ्नो अभियान शुरु गरेको हो । शान्तिका अग्रदुत गौतम बुद्धसँग सम्बन्धित स्थानको खोजी गर्ने,सरकारसँग विकासका लागि सहकार्य गर्दै कार्यहरु गर्नुका साथै बुद्ध शिक्षा अभियानलाई पनि निरन्तरता दिने बताएका थिए ।
