Month: १४ श्रावण २०७८, बिहीबार

पृथ्वीचन्द्र अस्पताल परासीका लागि २० करोडको लागतमा बन्ने मुख्य भवनको शिलान्यास
रामग्राम नगरपालिका, समाचार

पृथ्वीचन्द्र अस्पताल परासीका लागि २० करोडको लागतमा बन्ने मुख्य भवनको शिलान्यास

नवलपरासी,१३ साउनजिल्ला स्थित पृथ्वीचन्द्र अस्पताल परासीको लागि २० करोड लागतको मुख्य अस्पताल भवनको शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेश सरकारका प्रवतmा तथा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरी एक समारोह विच सो भवनको शिलान्यास गरि भवन निर्माण कार्यको शुभारम्भ गरेका हुन् ।शताब्दी पुरानो राणाकालिन पृथ्वीचन्द्र अस्पताल विभिन्न कालखण्डमा स्तरोन्नती हुदै अहिले ५० सैयाको अस्पतालमा स्तरोन्नती भए पनि भौतिक पुर्वाधार अभावले पुर्ण रुपमा अस्पताल सञ्चालन गर्न समस्या रहेको थियो । लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री हुदै मन्त्रि चौधरीले आफ्नै गृह जिल्लामा अस्पतालको भौतिक पुर्वाधार विकासका लागि अस्पतालमा यति ठूलो लगानी गरेको पहिलो योजना हो । भवनको शिलान्यास गर्दै मन्त्रि चौधरीले अस्पताल भित्र दुई बर्ष भित्रै भवन निर्माण भए पछि विशेषज्ञ सहितको सेवा दिनमा सक्षम हुने विश्वास ब्यतm ग...
पिस क्लब इन्टरनेसनलद्धारा नवलपरासीको अनोमा घाटमा मनाइयो महानिभिष्क्रमण दिवस
समाचार, सुस्ता गाउँपालिका

पिस क्लब इन्टरनेसनलद्धारा नवलपरासीको अनोमा घाटमा मनाइयो महानिभिष्क्रमण दिवस

नवलपरासी,जिल्लाको सुस्ता ५ स्थित अनोमा घाटमा असार पुर्णिमाको अवसर पारेर भगवान बुद्धको महाभिनिष्क्रमण दिवस मनाइएको छ । पिस क्लब इन्टरनेसनल नेपाल नवलपरासीको आयोजना र सुस्ता गाउपालिकाको सहयोगमा सो दिवस मनाइएको हो ।सिद्धार्थ गौतम सत्य र शान्तिको खोजका लागि असार पुर्णिमाको राती कपिलबस्तु दरबारबाट पुर्व दिशा तर्फ निस्के र घोडामा सवार सिद्धार्थ सारथी छन्नासँगै हिड्दै जादा अनोमा नदी अर्थात गण्डकी नदीको किनारमा पुगे । अनोमा नदी कन्टक घोडा घाटमा पगेर उभियो,अर्थात भोजपुरी भाषामा (ठढा भयो) त्यही बेला देखी सो घाटलाई ठाढी घाट भनेर चिनिदै आएको छ । अहिले बुद्ध दर्शनको अध्ययन गर्दै जादा नारायणी नदी किनारमा रहेको ठाढी घाट नै अनोमा घाट भएको पत्ता लागे पछि सो स्थान बौद्ध तिर्थ स्थलको रुपमा विकास गर्नु पर्ने आवश्यकता औल्याउदै पिस क्लब इन्टरनेसनलका अध्यक्ष सम्भु उपाध्यायले असार पुर्णिमाको अवसर पारेर उतm कार्यक...
लैगिँक हिँसा बढि हुने रामग्राम नगरपालिका
रामग्राम नगरपालिका, समाचार

लैगिँक हिँसा बढि हुने रामग्राम नगरपालिका

नवलपरासीलैगिँक हिँसाका घटना रामग्राम नगरपालिकामा बढि देखिएको छ । जिल्लाको पृथ्वीचन्द अस्पतालमा सञ्चालित लैगिँक हिँसा पिडितहरुको लागि एकद्धार संकट ब्यवस्थापन केन्द्र (ओसिएमसी)ले सार्वजनिक गरेको बार्षिक तथ्याँकमा सो कुरा उल्लेखित भएका दखिएको हो ।केन्द्रले प्रस्तुत गरेको लंगिक हिँसाका घटना भई सेवा लिन आउने कुल ३ सय १६ जना पिडित मध्ये एक तिहाई बढि १ सय ३० पिडित रामग्राम नगरपालिकाकै रहेको प्रतिवेदनमा उल्लेख छ । त्यसै गरि दोश्रोमा पाल्हीनन्दन गाउपालिकामा ७६ र तेश्रोमा सरावल गाउपालिकामा ५२ रहेको छ । त्यसै गरि प्रतापपुर नगरपालिकामा २३,सुनवल नगरपालिकामा २१,सुस्ता गाउपालिकामा ७ र वर्दघाट नगरपालिकामा ६ वटा मात्र लैगिँक हिँसा पिडितले अस्पतालमा उतm सेवा लिन आएका थिए । सबै भन्दा कम वर्दघाट नगरपालिकाको रहेको केन्द्रले जानकारी गराएको अस्पतालका अध्यक्ष जगदिश चौधरीले बताए । हिँसामा पिडित हुने सबै भन्दा बढि...
अस्पतालको लापर्वाही विरुद्ध युवाहरुद्धारा अस्पताल परिसरमा प्रदर्शन
रामग्राम नगरपालिका, समाचार

अस्पतालको लापर्वाही विरुद्ध युवाहरुद्धारा अस्पताल परिसरमा प्रदर्शन

नवलपरासी,१ साउनजिल्ला स्थित पृथ्वी चन्द अस्पताल प्रशासनले पटक पटक गल्ति गर्दै विरामी प्रति वेवास्ता तथा दुब्यर्वहार गर्ने गरेको बताउदै स्थानिय युवाहरुले विरोध प्रदर्शन गरेका छन् । अस्पतालका प्रमुखको वेवास्ताले अस्पतालमा बेथिति बढदै गएको अरोप लगाउदै स्थानिय युवाहरु बजारमा नाराबाजी सहित जुलुस निकालेका हुन् ।परासीको बुद्धचोक हुदै अस्पतल परिसर भित्रै अस्पतालका प्रमुख र दोषी माथि छानविन र कारवाहीको माग गरेका थिए । अस्पतालमा आउने विरामीलाई दुब्यर्वहार गर्दै आएकोले स्थानिय प्रशासन र अस्पताल प्रशासनले गल्ति सुधार नगर्दा विरोध जुलुस निकाल्न परेको उनीहरुले जानकारी गराए । अहिले चेतावनी दिदै यो शान्तिपुर्ण जुलुस निकालेका छौ,जुलुसका सहभागिहरुले आक्रोस पोख्दै भनेका थिए,सुधार भएन भने अस्पतालसँगै अन्य सरोकारवाला विरुद्ध आन्दोलन गरिने चेतावनी समेत दिएका थिए । विहिवार अस्पतालमा सुनवल नगरपालिका ९ की ३ बर्षि...
पृथ्वीचन्द अस्पतालमा लाखौ मुल्यको म्याद गुज्रेको औषधी
रामग्राम नगरपालिका, समाचार

पृथ्वीचन्द अस्पतालमा लाखौ मुल्यको म्याद गुज्रेको औषधी

नवलपरासी,२९ असारजिल्ला पृथ्वी चन्द्र अस्पताल ब्यवस्थापनको कमजोरीले लाखौ मुल्य बराबरको औषधी म्याद गुज्रेर फालिनु पर्ने अवस्था आएको भन्दै सरोकारवालाले छानविन गरि कारवाहीको माग गरेका छन् । सरकारले उपलब्ध गराउने निशुल्क औषधी अस्पतालले लुकाएर राख्ने र सेवाग्राही महगो मुल्य तिरेर निजी मेडिकलमा खरिद गर्नु पर्ने जनाउदै उपभोतmा हित संरक्षण मञ्चले छानविन गरि कारवाहीको माग गरेको हो ।अस्पताल लगायत सरकारी स्वास्थ्य संस्थाले उपलब्ध गराउने निशुल्क औषधी अस्पतालको पुरानो भवनमा लुकाई राखिएको कुरा खुलासा भए पछि ति औषधी के कसरी म्याद गुजे्रको हो ? त्यसमा दोषी को को छन ? त्यसको प्रतिवेदन आउने गरि माग गरिएको मञ्चका केन्द्रिय सदस्य रामजी ज्ञवालीले बताए । लुकाई राखिएको सो औषधीबारे जानकारी पाए पछि आफुले अस्पतालका अध्यक्ष जगदिश चौधरी र अस्पतालका ब्यवस्थापन सुरेन्द्र अधिकारीलाई देखाउदै उनले यसरी अस्पतालमा म्याद गुज...
कृषि सम्बन्धि जानकारी पाउने एग्रोबुक नामक मोवाइल एप सार्वजनिक
रामग्राम नगरपालिका, समाचार

कृषि सम्बन्धि जानकारी पाउने एग्रोबुक नामक मोवाइल एप सार्वजनिक

नवलपरासीकृषि ज्ञान केन्द्र नवलपरासीको सहयोगमा कृषक हक हित संरक्षण मञ्च नवलपरासीले किसान तथा कृषि सरोकारवालालाई उपयोगी हुने –एग्रो बुक नामक मोबाईल एप सार्वजनिक भएको छ । लुम्बिनी प्रदेश सरकार कृषि निर्देशनालयका प्रमुख याम नारायण देवकोटाले एक कार्यक्रमका विच सार्वजनिक गरेका हुन् ।कोलिया मिडिया एण्ड आई.टी.(केएमआइटी) सोलुसन प्रा.लि.द्धारा निर्मित उतm एपमा कृषिसंग सम्बन्धित आर्गेैनिक कृषि,ब्यवसायिक पशुपालन,नविनतम कृषि,बालिका जातहरु,कृषि उपज,नर्सरी स्थापना ब्यवस्थापन,बैज्ञानिक मलखाद्य राख्ने विधि,बाली झार पहिचान र मौषम पुर्वाअनुमान सम्बन्धी जानकारी हरु रहेको छ । कृषि ज्ञान केन्द्रद्धारा बेला बेलामा किसानका लागि जारी गरिने विभिन्न सुचना तथा जनाकारीहरु,रेडियो कार्यक्रमको अडियो सुचना तथा विभिन्न जानकारी मुलक भिडियो समेत हेर्न पाउने गरि एप सार्वजनिक गरिएको थियो ।एपलाई सार्वजनिक गर्दै निर्देशनालय प्र...
मुल नाका सुनसान साईड नाका भरिभराउ
पाल्हिनन्दन गाउँपालिका, समाचार

मुल नाका सुनसान साईड नाका भरिभराउ

नवलपरासीजिल्लाको महेशपुर सिमा नाकामा मुल नाका सुनसान देखिए पनि साईड नाका भरिभराउ देखिएको छ । नेपाल र भारत दुबै देशका प्रहरी मिलेर मुल नाका रोक लगाउने र साईड नाका खुलाएर नेपाल भारतमा आउ जाउ गर्न छुट दिए पछि त्यस्तो देखिएको हो । महेशपुर सिमा नाका देखि पश्चिम ५० मिटर दुरीमा रहेको झरही खोलाका बाँध भएर मानिस भारतिय ठूठीबारी बजार जानेको भिडभाड देखिएको छ । नजिकै बसेर नेपालको शसस्त्र प्रहरीले भारतबाट माल समान लिएर आउने यात्रीको झोलापोका चेकजाँच गर्ने गरेका छन् । भने भारतका सिमा सुरक्ष बल –एसएसबी) ले झोला चेकजाँच गर्ने गर्दै आएका छन् । कोभिड महामारीले जिल्लाको सदरमुकाम परासी बजार लगायतका जिल्लाका बजारहरु स्थानिय प्रशासनले बन्द गराए पनि भारतयि बजारमा जान शसस्त्र प्रहरीले प्रोत्साहित गर्दै आएका छन् ।कोभिज महामारीको नाममा नेपाली बजार बन्द गरेर नेपाली उद्योगी ब्यवसायी मात्र मारमा पर्ने भए पनि पुर्व...
कथामा सिमित सिमसार क्षेत्र, नवलपरासीको नन्दनताल
पाल्हिनन्दन गाउँपालिका, विचार

कथामा सिमित सिमसार क्षेत्र, नवलपरासीको नन्दनताल

बेचु गौड नवलपरासी, जिल्लाकै सब भन्दा ठूलो नन्दन तालबारे जानकारी लिन खोज्दा सो तत्कालिन सनई गाविसका पुर्व अध्यक्ष राजेन्द्र सहानीले द्धापर युगको कथा सुनाउदै भने, यो ताल द्धापर युगमा भगवान कृष्णका नारायणी सेनाले निर्माण गरेको यो नन्दन ताल हो । कृष्णका पिता बासुदेव र उनका भाई नन्द थिए । नन्दका छोरा अनुरुद्रको सम्बन्ध बाडाशुरसंग थियो । बाडाशुरले आफ्नो छोरीको विवाह गर्नए नमाने पछि उनकी छोरीलाई लैजानका लागि गोकुलाबाट नारायणी सेना आएको थियो । महिनौ दिनसम्म नारायणी सेनाको पडावा९क्याम्प० बसेको थियो । त्यही बेला नारायणी सेनाले खनेको थियो । तर तालको संरक्षणका लागि कुनै पहल नहुदा अहिले खेतमा परिणत भएको उनले बताए ।पौराणिक कथामात्रै नभई बुद्धकालमा कोलिय गणराज्यको सिमा भित्र रहेको यो तालको संरक्षणमा त्यती बेला कोलिय राजाहरुले अभियान चलाएको दन्तकथाले भन्ने गरिन्छ । तालको इतिहास जोगाई राख्नका लागि ...
खेतीको कुरा कि कुराको खेती ?
विचार

खेतीको कुरा कि कुराको खेती ?

देवेश कुमार मिश्रप्रमुख, कृषि ज्ञान केन्द्र नवलपरासीmishradevesh735@gmail.comकृषि मूलश्च जिवनम् मानवको जीवनको मूल आधार कृषि नै हो । खाने, लगाउने तौर तरिकाहरु समय, स्थान, परिस्थती, संस्कार, रिति, रिवाज अनुसार फरक होला तर जे जस्तो भए तापनि हाम्रो जीवनको मूल आधार खेतीपाती नै हो । हाम्रो पेशा व्यवसाय गर्ने, आय आर्जन गर्ने तरीका फरक होला कोही कृषक, व्यापारी, उद्यमी, उद्योगी, जागिरे, राजनीतिज्ञ, पुरोहित, पण्डित, जो जे भए पनि सवैको भान्सामा पाक्ने भनेको खेतीपाती वाट उत्पादित अन्न, दाल, तरकारी नै हो । धन, संपत्ति जति कमाए पनि हाम्रो भाडोमा पाक्ने भनेको रुपैया, सुन, चादि होईन, पाक्ने भनेको भात, रोटी, तरकारी अचार नै हो ।हाम्रो देशमा कृषि विकासको लागी सरकारी, गैर सरकारी तथा निजी स्तर वाट परापूर्वकाल देखी नै प्रयास भई रहेको छ तै पनि कृषि क्षेत्रले राम्रो गति लिन सकिरहेको छैन । कुनै बेला तराई म...